हिमाल दोलखा हाइड्रोको सेयर कारोबार फुकुवा

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा भएको छ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को सोमबारको निर्णय अनुसार आजबाट यो कम्पनी सेयर कारोबार फुकुवा गरिएको हो।

उक्त कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले गत साउन १४ गतेबाट सेयर कारोबार रोक्का गरेको थियो।

कम्पनीको संचालक समितिले कारोबार चलिरहेको समयमै ७५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा बारे नेप्सेलाई जानकारी गराएपछि नेप्सेले कारबाही गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ साउन २०७९, मंगलबार  १० : ४० बजे