सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँ कायम भएको छ । सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७७३ दशमलव ०४ डलर पुगेको छ ।

मंगलवार डलरको मूल्य भने घटेको छ । एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ साउन २०७९, मंगलबार  ११ : ३६ बजे