श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बिहान बाँडफाँड भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत साउन ४ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।
कम्पनीको आईपीओ २ लाख २७ हजार २ आवेदकले १० कित्ताका दरले पाएका छन भने भाग्यमानी ५ जनालाई थप एक कित्ता प्रदान गरिएको छ।
सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका थिए । ४ हजार ४ सय ४० जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका १३ लाख १६ हजार ९ सय ४३ जना आवेदक हात खाली भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया