नेप्सेमा सामान्य गिरावट कारोबार रकममा भने सुधार

0
Shares

बुधबारको सेयर बजार सामान्य घट्दा कारोबार रकममा भने सुधार आएको छ ।

बुधबार नेप्से सूचक ६.१७ अंकले घटेर २१८६.७७ विन्दुमा झरेको छ । यसदिन ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको सेयर किनबेच भयो।
बुधबारको बजारमा व्यापार र जलविद्युत कम्पनीहरुको सेयरको माग बढ्दा यो समुहका धेरैजसो कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक मात्र सकारात्मक रहेका छन ।

बुधबारको बजारमा सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । यस्तै बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत, समृद्धि फाइनान्सको ८.७६ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ६.७९ प्रतिशत बढेको छ।

स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको बजारमा गुडविल फाइनान्सको ३.४३ प्रतिशत, बोटलर्स नेपालको ३.३८ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २।९६ प्रतिशतले घटेको छ।

बुधबारको बजारमा शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ साउन २०७९, बुधबार  १५ : ३५ बजे