सुनको भाउ फेरि बढ्न थाल्यो, चाँदीको भने स्थिर

0
Shares

नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

महासंघले बिहीवारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँमा तोकेको छ । त्यस्तै तेजावी सुनको भाउ ९५ हजार ८ सय रुपैयाँमा कायम गरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यो बढ्दा यसको असर स्थानीय बजारमा परेको छ। बिहीबार सुन प्रतिऔंस १७७१.५९ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २०.२२ डलर छ।

बिहीबार नेपाली बजारमा चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।