सुनको भाउ नेपाली बजारमा पछिल्लो दुई दिनमा एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको पहँलो धातु शुक्रबार तोलामा थप ७०० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यो बढ्दा यसको असर स्थानीय बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ८०० रुपैयाँमा तोकेको छ । त्यस्तै तेजावी सुनको भाउ ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजावी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि थप महङ्गिएको छ । बिहीबार स्थीर रहेको चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुन प्रतिऔंस १७९२ डलर तथा चाँदी प्रतिऔंस २०.३२ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया