अस्तित्व मेटिने बेलामा सिभिल बैंकले देखायो चमत्कारिक सुधार

0
Shares

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्ष ०७८/०७९ मा आकर्षक प्रगति गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका अधिकांस सूचकमा उच्चकमा बढोत्तरी आउँदा पहिलो पटक अर्बपति क्लबमा उक्लिएको छ ।

हिमालयन बैंकमा विलिन हुने सम्झौता गरेको सिभिल बैंकले आफ्नो अस्तित्व मेटिने समयमा आएर भने चमत्कारिक सुधार गरेको छ । कतिपय विकास बैंकहरु भन्दा कमजोर प्रदर्शन गर्दै आएको बैंकले गत आवमा भने अधिकांस सूचकमा सुधार गरेको छ ।

एक वर्षमा एक अर्ब ३८ करोड बढी नाफा कमाएको बैंकको वितरण योग्य नाफा नै अर्ब माथि रहेको छ । बैंकको निक्षेप तथा कर्जा सामान्य बढेपनि ब्याज आम्दानी उच्चदरले बढेको छ ।

६४ प्रतिशतले ब्याज आम्दानी बढाएको बैंकको खुद नाफा १६२ प्रतिशतले बढेको छ । पाँच प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको जगेडाकोष साढे ४३ प्रतिशतले बढेको छ । जसको प्रतिशेयर आम्दानी करिब १५० प्रतिशतले बढेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्ल्लो आवको भन्दा १६२ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा नै १ अर्ब रुपैयाँ छ। अघिललो वर्ष ४९ करोड मात्र थियो । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

खुद ब्याज आम्दानी ६४ प्रतिशत, सञ्चालन आम्दानी ४२ प्रतिशतले बढेको छ । बैकले ३ अर्ब ६४ करोड खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ६.६१ प्रतिशत तथा कजाए ५.५७ प्रतिशतले बढाएको छ। गत असारमसान्तसम्म बैंकले ९४ अर्ब ४९ करोड निक्षेप संकलन गरेर ८३ अर्ब ४४ करोड कर्जा लगानी गरेको छ । यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ ।

हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडाकोषमा २ अर्ब ९४ करोड छ । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा प्रतिसेयर नेटवर्थ १३२.४३ रुपैयाँ छ। बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २१ श्रावण २०७९, शनिबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।