लुम्बिनी विकास बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्ने

0
Shares

लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ मूल्यको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि असार ३० गते निवेदन दिएको हो ।

बैंकले जारी गर्ने कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि बिक्रीमा आउनेछ भने सेबोनबाट स्वीकृति पाएपछि बाँकी ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

बैंकले दीर्घकालीन लगानीको स्रोत संकलनका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा १० वर्षसम्मका लागि उक्त ऋणपत्र निष्कासन गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ साउन २०७९, आइतबार  १३ : ०७ बजे