यो साताको पहिलो दिनको सेयर कारोबारमा नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ । गत साताको अन्तिम दुई दिन कारोबार दिनमा ७५ अंक घटेको बजारमा यो साता भने सुधारको संकेत देखिएको छ ।
नेपाल बैंकर्स संघले कम्तिमा असोजसम्म ब्याजदर नबढाउने निर्णय गरेपछि लगानीकर्तालाई केहि राहत मिलेको छ । यसले पनि बजारमा केहि सकारात्मक प्रभाव पारेको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा असोजसम्म ब्याज नबढाउने सहमति भएको हो ।
चालु आवको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले नीतिगत दरहरु बढाएकाले अर्को महिनाबाट ब्याजदर बढ्ने आँकलन गरिएको थियो । तर, बैकर्स संघले लगानीकर्ताको अपेक्षा विपरित भदौदेखि निक्षेपको ब्याजदर नबढाउने भएक हुन ।
सूचीकृत अधिकांस कम्पनीहरुले गत आवको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्थामा लगानीकर्ताहरुले प्रतिफल केन्द्रीत लगानीमा जोड दिन थालेका छन। नाफा बुक गरिसकेका अल्पकालिन कारोबारहरुी पनि बजार फर्किन थालेपछि नेप्सेले सुधारको संकेत देखाएको हो ।
आइतबार नेप्से १०.२७ अंकले बढेर बजार २१२३.८२ बिन्दुमा पुगेको छ। आइतबारको बजारमा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भयो।
आइतबारको बजारमा बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार उपसमूह ३८ अंक बढेका छन भने जीवन बीमा भने ४ अंक घटेका छन।
कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो । मनकामना स्मार्ट लघुवित्तको सबैभन्दा धेरै १० प्रतिशतले सेयर मूल्य बढको छ । कारोबार रकमका अधारमा आइतबार पनि शिवम सिमेन्ट नै अग्रस्थानमा रह्यो । जसको १३ करोड ८९ लाख बढीको कारोबार भयो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया