मल्टीपर्पस फाइनान्सको नाफा ४१ लाखमा खुम्चियो

0
Shares

मल्टीपर्पस फाइनान्सको खुद नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ४१ लाख रुपैयाँमा संकुचित बनेको छ । फाइनान्सको नाफासँगै अधिकांश सूचक सकारात्मक देखिएका छैनन् ।

अघिल्लो आवमा १ करोड ४१ लाख ४८ हजार रुपैयाँभन्दा बढी नाफा कमाएको कम्पनीले गत आवमा ४० लाख ८७ हजार रुपैयाँ मात्र नाफा कमाएको हो । समीक्षा अवधिमा फाइनान्सको नाफा ७१.११ प्रतिशतले घटेको हो ।

चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार फाइनान्सको चुक्ता पुँजी १३ प्रतिशत बढेर ४५ करोड २० लाख रुपैयाँ पुगेको छ । जगेडा कोष करिब २५ प्रतिशत घटेर ३ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने २०.८१ प्रतिशत बढेर ३ करोड ३१ लाख ६७ हजार पुगेपनि सञ्चालन नाफा ७८.६५ प्रतिशत घटेर ४४ लाख ८२ हजारमा झरेको छ ।

गत आवमा मल्टीपर्पसको निक्षेप संकलन १२७ प्रतिशत र कर्जा लगानी ६५ प्रतिशत बढीले वृद्धि भएको छ । असार मसान्तसम्ममा कम्पनीले ८४ करोड ९ लाख निक्षेप संकलन गरी ७० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको खुद नाफा उच्च रुपमा घटेसँगै प्रतिसेयर आम्दानी ९० पैसामा सीमित भएको छ । गत आवको यसै अवधिमा २.६४ रुपैयाँ थियो । फाइनान्सको प्रतिसेयर नेटवर्थ १०९.९८ रुपैयाँ, खराब कर्जा अनुपात ०.८७ प्रतिशत, कस्ट अफ फण्ड ९.४६ प्रतिशत र आधारदर १३.२२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।