सुनचाँदीको भाउ सोमबार स्थीर, कतिमा हुँदैछ काराेबार ?

0
Shares

सुनचाँदीको भाउ नेपाली बजारमा सोमबार स्थीर बनेको छ । आइतबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले सस्तिएर कारोबार भएको थियो । आज भने दुबैको भाउ स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २०५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७७२ डलर तथा चाँदी प्रतिऔंस १९.९० डलर हाराहारीमा कारोबार भैरहेका छ ।

आइतबार सुन तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजावी सुन ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ १५ रुपैयाँ घटेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ घटेर कारोबार थियो । सो भन्दा अघि सुनको भाउ गत बिहीबार ८०० रुपैयाँ र शुक्रबार ७०० रुपैयाँ गरी दुई दिनमा १ हजार ५०० रुपैयाँले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार  ११ : ०८ बजे