सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

0
Shares

सानिमा बैंक (SANIMA) ले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार (प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।