महालक्ष्मी विकास बैंकद्वारा ७० महिनामै रकम डबल हुने मुद्दती खाता सार्वजनिक

0
Shares

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ ।

एक लाख रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोल्नु भएका ग्राहकले मुद्दती खाता योजना अन्तर्गत महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको जनाएको छ । । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार  १४ : ४९ बजे