वाणिज्य बैंकहरुबाट २० दिनमै बाहिरियो झण्डै एक खर्ब निक्षेप

0
Shares

नयाँ आर्थिक वर्ष सुरु भएपछिका २० दिनमा वाणिज्य बैंकहरुबाट झण्डै एक खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

तीन साताको अवधिमा वाणिज्य बैंकहरुबाट ९५ अर्ब रुपैयाँ निक्षेप घटेको हो । यस अवधिमा निक्षेप मात्र होइन कर्जा लगानी समेत घटेको छ । साउनको पहिलो तीन सातामा ९ अर्बले कर्जा घटेको हो ।

असार मसान्तसम्ममा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप रहेकोमा साउन २० सम्म आइपुग्दा ४४ खर्ब ४६ अर्बमा झरेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा साउन २० सम्म आइपुग्दा ४१ खर्ब ६६ अर्बमा झरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।