धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडले आज (साउन २४ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको छ ।
बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।
कुल निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२।१० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल ७ करोड रुपैयाँ रहेको धौलागिरी लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँडपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपौँया हुन आउँछ ।
कम्पनीको संचित नाफा समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।
राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १ अर्ब ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आव २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया