नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २४० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८८ डलर तथा चाँदी प्रतिऔंस २०.७२ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
हिजो सोमबार नेपालको स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजावी सुन ९५ हजार ८०० रुपैयाँ र चाँदी १ हजार २०५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया