अपर हेवाखोला हाइड्रोपावरको आईपीओ सूचीकृत, बिहीबादेखि कारोबार खुल्दै

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको आईपीओ सहितको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता सेयर ‘युएचइडब्लुए’ कारोबार संकेतमा सूचीकृत भएको हो ।

बुधबार सूचीकृत भएसँगै कम्पनीको धितोपत्र बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुनेछ । नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार खुल्ने व्यवस्था छ ।

भोलि स्पेशल प्रि-ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग भए भोलिदेखि सो सम्भव नभए जुन दिन स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग सम्भव हुन्छ सोही दिनदेखि कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको धितोपत्र कारोबारका लागि ओपनिङ्ग रेञ्ज समेत तोकेको छ । जसअनुसार पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सोही आधारमा नेटवर्थको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज पाउने गर्दछ ।

कम्पनीले सर्वसाधारणलाई १५ लाख कित्ता, आयोजना प्रभावितलाई ५ लाख कित्ता गरी २० लाख कित्ता सेयर जारी गरेको थियो भने संस्थापकहरुले ३० लाख कित्ता लगानी छ । कम्पनीले सर्वसाधारणमा असार २४ देखि २९ गतेसम्म सेयर निष्काशन गरी असार ३२ गते बाँडफाँड भएको थियो ।

कम्पनीको आईपीओ सेयर १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन्। कुल १४ लाख ५५ हजार ३८४ आवेदकले आवेदन दिएकोमा २ हजार ८११ आवेदन रद्द भएको थियो भने १४ लाख ५२ हजार ५७३ आवेदन स्वीकृत भएको थियो ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी९ आईएस० रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६८ फागुन ३० गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७५ जेठ २३ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं २९, अनामनगर काठमाडौंमा रहेको छ ।

कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत उत्पादन केन्द्र भने संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ४ मच्छेबुङ्ग, बतासे, कोक्सा र पाँचखपन नगरपालिका वडा नं ८ र ९ स्थित मालबासे, सुनखानी र कोकलेमा रहेको छ । कम्पनीले रनअफ रिभरमा आधारित ८.५ मेगाबाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना सञ्चालन गर्दै आईरहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ भने प्रति मेगावाट लागत १६ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीमा गरिएको साधारण लगानी फिर्ता हुने अवधि ६.८७ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १४.६८ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार  १७ : १३ बजे