नेशनल माइक्रोफाइनान्सको जगेडा कोष पुँजीभन्दा १२७ प्रतिशत बढी

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको जगेडा कोष चुक्ता पुँजीभन्दा १२७ प्रतिशत माथि देखिएको छ ।

लघुवित्तीय क्षेत्रमा आफूलाई हरेक सूचाङ्कमा अब्बल राख्दै आएको यस कम्पनीको जगेडा कोषमा ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ सञ्चित छ ।

जबकी गत आवको अन्त्यमा लघुवित्तको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ ।यस आधारमा कम्पनीको चुक्त्ता पुँजीभन्दा जगेडा कोष १२७ प्रतिशत बढी मजबुत देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफासँगै अधिकांश सूचकमा उत्साहप्रद सुधार आएको छ ।

गत आर्थिक वर्षमा लघुवित्तले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा खुद नाफा २७।१२ प्रतिशत वृद्धि भएको हो ।

लघुवित्तको निक्षेप संकलन लागत ३.४७ बिन्दुले बढेर ९.८१ प््रतिशत पुगेपनि लघुवित्तको नाफा भने उत्कृष्ट सुधार आएको छ । असार मसान्तसम्ममा लघुवित्तले सदस्यबाट ३ अर्ब १२ करोड ७८ लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ७२ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २०.७१ प्रतिशत, सापटी ०.२० प्रतिशत र कर्जा लगानी १५.८६ प्रतिशत बढेको हो ।

यसबाट लघुवित्तले ८० करोड ३ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६३ करोड ७३ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी २७.६३ प्रतिशत र सञ्चालन मुनाफा २७.५३ प्रतिशत बढेको हो ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १४.६० रुपैयाँ बढेर ६८.४४ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २२७.७५ रुपैयाँ, खराब कर्जा अनुपात २.४५ प्रतिशत, र मूल्य आम्दानी अनुपात २८.२७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।