साना किसानको खुद नाफा साढे १७ प्रतिशतले बढ्यो

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा खुद नाफा १७.४५ प्रतिशत वृद्धि भएको हो ।

साना किसानलाई समेटेर लघुवित्तीय सेवा प्रवाह गर्दै आएको यस कम्पनीले आफूलाई प्रतिस्पर्धी रुपमा अगाडि बढाउँदै आएको छ ।

असार मसान्तसम्ममा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार रुपैयाँ सापटी लिएर २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी २४.५३ प्रतिशत र कर्जा लगानी २२.७३ प्रतिशत बढेको हो ।

यसबाट लघुवित्तले १ अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ९७ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी ११.०१ प्रतिशत र सञ्चालन मुनाफा १६.३९ प्रतिशत बढेको हो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ र सेयरधनी कोषमा ८९ करोड ८० लाख ६५ हजार रुपैयाँ सञ्चित छ । गत आवको अन्त्यमा लघुवित्तको चुक्ता पुँजी २५ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २.९१ रुपैयाँ घटेर ४५.२८ रुपैयाँमा संकुचित बनेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २६६.०८ रुपैयाँ, खराब कर्जा अनुपात ०.६८ प्रतिशत, र मूल्य आम्दानी अनुपात २३.५२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।