सातामा नेप्से ७५.६३ अंकले घट्दा लगानीकर्ताको एक खर्ब सम्पत्ति गुम्यो

0
Shares

सेयर बजार सूचक नेप्से यो साता ७५।६३ अंक अर्थात ३.५८ प्रतिशतले घटेको छ ।

यस साताको सुरुवाति दिन आइतबार २११३.५५ विन्दुमा खुला भएको नेप्से घटेर २०३७.९२ बिन्द्मा आइपुगेको छ । पाँच कारोबार दिनमा ४ कारोबार दिन नेप्से घटेसँगै यो साता मात्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब बढीले गुमेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २९ खर्ब १० अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । गत साता ३० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । बजार पुँजीकरण १ खर्ब ५ अर्ब ४० करोड रुपैयाँ अर्थात ३।४९ प्रतिशत घटेको हो । नेप्से घटेर सूचीकृत कम्पनीको सेयरमूल्य घट्दा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्तिको मूल्य पनि गत साताभन्दा खर्ब बढीले घटेको हो ।

यो साता कारोबार रकम समेत ३७.१७ प्रतिशतले घटेको छ । गत साता १२ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । गत साता २२ अर्ब ९८ करोडको सेयर खरिद बिक्री भएको थियो । गत साता दैनिक औसतमा ३ अर्ब ८३ करोडको कारोबार भएको बजारमा यो साता २ अर्ब ४१ करोडको मात्र सेयर खरिद बिक्री भएको छ ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.०१ प्रतिशत घटेको छ । यस्तै फाइनान्स ५.८१, विकास बैंक ४.९१, हाइड्रोपावर ४.८१, लगानी ३.९५, निर्जीवन बीमा ३.५५, लघुवित्त ३.४४, जीवनबीमा ३.०९, ब्यापार ३४.०४, होटल २.९०, बैंकिङ्ग २.३२ र सबैभन्दा कम घटेको उत्पादनमुलक २.१५ प्रतिशतले घटेको छ । यो साता म्युचुअल फण्ड भने ०.८७ प्रतिशत बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७९, शनिबार  १७ : ४२ बजे