धौलागिरीको आईपीओ भर्ने आज अन्तिम दिन, ४९ गुणा परिसक्यो आवेदन

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइटका अलवा नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आईपीओ भर्न सक्नेछन् । लघुवित्तको आईपीओमा आज (साउन २९ गते) सम्म आवेदन दिन सकिन्छ । न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन २६ गते बिहीबार साँझसम्म कम्पनीको आईपीओ खरिदका लागि १३ लाख ६१ हजार बढी आवेदन परेको छ । बिहीबार साँझ ५ बजेसम्ममा १३ लाख ६१ हजार ३५३ वटा संख्याबाट १ अर्ब ५३ करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख १ हजार ६७० कित्ता सेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको ४९.६३ गुणा बढी हो ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लख रुपैयाँको ३२।१० प्रतिशत बराबरले हुन आउने ३ करोड ३१ लख रुपैयाँ बराबरको सेयर जारी गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यका दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरिएको छ । सो मध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडबाट साख मूल्याङ्कन गराएको छ । केयर रेटिङ नेपालले लघुवित्तको आईपीओलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुमा दायित्व बहन पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ साउन २०७९, आइतबार  ०९ : ४१ बजे