हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार १.३३ प्रतिशत मात्र खुद नाफा बढाएको कम्पनीको गत आवमा ७५ प्रतिशत बोनस सेयर वितरण गरेर पुँजी वृद्धि गरेका कारो वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ५०.५२ प्रतिशतले घटेको छ ।
गत आवमा कम्पनीको इपिएस ५०.५२ रुपैयाँ घटेर ६९.५० रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको इपिएस १२०.०२ रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी गत आवमा ८६ करोड ७७ लाख २ हजार रुपैयाँ रहेकोमा कम्पनीको ७५ प्रतिशत बोनस पुँजीकरण गरेपछि १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार १५६ रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १६.५४ प्रतिशतले बिक्री आम्दानी बढाएको छ । कम्पनीको कुल ७ अर्ब ५८ करोड ३० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । बिक्री तथा वितरण खर्च बढेका कारण कम्पनीको सञ्चालन नाफा अपेक्षित बढ्न सकेको देखिन्न । कम्पनीको कुल सञ्चालन आम्दानी ९.१६ प्रतिशत बढेर २ अर्ब ५० करोड ३१ लाख पुगेको भएपनि सञ्चालन मुनाफा भने ०.५० प्रतिशत घटेर १ अर्ब ४६ करोड ९१ लाखमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको उत्पादन लागत तथा बिक्री लागत बढ्दा खर्च बढेर ५ अर्ब ७ करोड ९ लाख पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ४ अर्ब २८ करोड २१ लाख रहेको थियो । कम्पनीको वितरण खर्च समेत ४४ करोड २२ लाखबाट बढेर ६३ करोड ४४ लाख पुगेको छ ।
गत आवमा कम्पनीको जगेडा कोष १६.५० प्रतिशत बढेर १ अर्ब ३२ करोड ४४ लाख ८१ हजार रुपैयाँ सञ्चित राखेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०७ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया