कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७९ साउन २९ गते आइतबार संघ प्रदेश समन्वय बैठक सम्पन्न गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवको अध्यक्षतामा सातै प्रदेशका कृषि सम्बद्ध मन्त्रालयका माननीय मन्त्रीहरु र कृषि सचिवहरु सहित बैठक सम्पन्न भएको हो ।
मन्त्रालयका अनुसार उक्त बैठकमा आत्मनिर्भरताका लागि कृषि कार्यक्रम, बर्ड फ्लु र अफ्रिकन स्वाइन फिवर लगायतको महामारी रोकथाम नियन्त्रण र क्षतिपूर्ति, अनुदान व्यवस्थापन तथा जनशक्ति र संघ प्रदेश समन्वयमा सञ्चालन गरिनुपर्ने कार्यक्रमहरुबारे छलफल भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया