नेपालमा एकै दिन ८८८ जना सङ्क्रमित थपिँदा छिमेकी मुलुक भारतमा भने दैनिक चौध हजारभन्दा बढी कोरोना सङ्क्रमढा पुष्टि भएको छ ।
नेपाल र भारतबीच खुला सीमा नाका भएका कारण एक देशबाट अर्को देशमा संक्रमण फैलने उच्च जोखिम रहेको छ । छिमेकी मुलुकमा दैनिक तीव्र बढ्दो क्रममा रहेको कोभिड संक्रमण नेपालमा खुला सीमाका कारण सहजै भित्रनसक्छ । जसका लागि सजगभ ई स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने आवश्यकता बढेको छ ।
सोमबार नेपालमा ८८८ जनामा भाइरसको सङ्क्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार सात सय ३७ परीक्षणमध्ये आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन् । आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ ।
अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै होम आइसोलेशनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेशनमा एक सय ९९, सघन उपचार कक्ष (आइसियु) मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
भारत
उता भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन् ।
यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ६९ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १४ हजार दुई सय ३८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख २३ हजार आठ सय चार जना कोरोनामुक्त भएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोडभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया