
ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज प्रालिले नेपाल धितोपत्र बोर्डबाट दुई स्थानमा शाखा विस्तारका लागि अनुमति पाएको छ ।
बोर्डले साउन ३१ गते उक्त ब्रोकरलाई रुपन्देही जिल्लाको भैरहवा र पाल्पा जिल्लाको तानसेनमा शाखा कार्यालय खोल्न अनुमति प्रदान गरेको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम ४० को उपनियम (१) को व्यवस्था बमोजिम उक्त स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ ।
बोर्डले पहिलो चरणमा ७ स्थानमा र दोस्रो चरणमा ११ स्थानमा गरी उपत्यका बाहिर विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिएको छ ।
नियमावली अनुसार शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति पाएका ब्रोकरहरुले शाखा कार्यालयल सञ्चालनको अन्तिम स्वीकृति लिन अघि नै आफ्नो सम्पुर्ण पुर्वाधार तयार गरिसक्नुपर्छ । जसमा कम्तिमा ५ सय वर्गफिटमा शाखा कार्यालय स्थापना गरी वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड काउन्टेन्सी गरेको व्यक्तिलाई प्रमुख र परिपालन तथा सुचना प्रविधि सहित कम्तीमा ३ जना कर्मचारी नियुक्त गरेको हुनुपर्छ । यस्तै शाखा कार्यालयमा कम्तीमा २ थान कम्युटर र त्यसका लागि अन्य ब्याकअप पावर सहितको पुर्वाधार तयार पार्नुपर्ने व्यवस्था छ ।
उक्त ब्रोकर कम्पनीले धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय सञ्चालन लागि केही समयअघि बोर्डमा निवेदन पेश गरेको थियो । आर्यतारा इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज प्रालिले नेप्सेसँगकाे समन्वयपछि छिट्टै दुबै स्थानबाट सेयर खरिद बिक्रीकाे सेवा दिन थाल्ने बताएकाे छ ।
उक्त शाखा कार्यालयहरुबाट धितोपत्र खरिद बिक्री (कारोबार) कार्य सञ्चालन गर्ने सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सँग आवश्यक समन्वय गरी सञ्चालन गर्नुपर्नेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया