छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ ।

छिमेक लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

सो अन्तर्गत छिमेक लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस।कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् २००१ मा स्थापना गरिएको, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेकी समाज सेवा केन्द्रद्वारा सञ्चालन गरिएको माइक्रो–फाइनान्सको एक शाखा हो जसमा देशका अग्रणी वाणिज्य बैंकहरू, छिमेकी समाज सेवा केन्द्र र व्यक्तिगत सेयरधनीहरूको लगानी रहेको छ । छिमेक लघुवित्तले लघु उद्यमीहरूलाई समर्थन गर्ने र वित्तीय सेवाको पहुँच सुधार गर्ने लक्ष्य राखेको छ ।

छिमेक लघुवित्तले नेपालभरका १९२ शाखाहरू मार्फत ६९ जिल्लाका ४ लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म आफ्नो सेवा पुर्याउन सफल भएको छ । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्ना सदस्यहरूलाई विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ भने एनसीएचएल सँगको यस सहकार्यले छिमेक लघुवित्तको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।