बैंक अफ काठमाण्डूको एक अर्ब १० करोडको ऋणपत्र बिक्री खुल्यो

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडले आज (भदौ २ गते) देखि १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । ‘बिओके डिबेन्चर, २०८६ (क) नामक उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।

बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर दिनेगरी प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ११ लाख कित्ता ऋणपत्र जारी गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता इकाई (२२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि समेत) खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस्तै ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता इकाई भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र खरिदका लागि इच्छुक लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि छिटोमा भदौ ७ गते र सो अवधिमा सबै बिक्री नभए भदौ १६ गतेसम्म आवेदन खुुला हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपि आईआर त्रिपल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।