भर्खरै आईपीओ बाँडफाँड गरेको अभियान लघुवित्तले कमायो १ करोड ११ लाख खुद नाफा

0
Shares

भर्खरै आईपीओ बाँडफाँड गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ मा १ करोड १० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा लघुवित्तको नाफा १ करोड ७६ लाख ९६ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा ३७.४२ प्रतिशतले खुद नाफा घटेको हो । कम्पनीके कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपछि नाफा खुम्चिएको हो ।

गत आवमा लघुवित्तले ३१ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ६९ करोड ८ लाख ६८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर २ अर्ब ७ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवमा ९ करोड २ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको सञ्चालन नाफा भने घटेर १ करोड ७५ लाख ७९ हजार रहेको छ । अघिल्लो आवमा ७ करोड ७० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र सञ्चालन नाफा २ करोड ३५ लाख ५१ हजार थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको कर्मचारी खर्च २ करोड ६५ लाख बढेर ६ करोड ६१ लाख र अन्य सञ्चालन खर्च २ करोड २६ लाख बढेर ४ करोड ९ लाख पुगेको छ । लघुवित्तको खराब कर्जा अनुपात बढेर २.६० प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड पनि झण्डै दोब्बर हुँदै ११.१९ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी ७.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.५६ रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १ करोड ९१ लाख ४६ हजार रहेको छ ।

लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको छ । जुन नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।