सुन-चाँदीको भाउमा निरन्तर गिरावट, यस्तो छ आजको मूल्य

0
Shares

सुनचाँदीको मूल्यमा पछिल्लो समय निरन्तर गिरावट आउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घट्दा हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक सातामा मात्रै १ हजार ८०० रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो । गत शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ३०० र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७५६ डलर तथा चाँदी प्रतिऔंस १९.३८ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

महासंघका अनुसार आज शुक्रबार छापावाल सुन ९५ हजार ५०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ र चाँदीको भाउ १ हजार १८५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र चाँदी ११९५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको हो । हिजो बिहीबार सुन तोलामा ३०० सय रुपैयाँ र चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।