
लिवर्टी इनर्जी लिमिटेडमा रोजगारीको अवसर खुला भएको छ । कम्पनीले लमजुङ निर्माण गरिरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाका लागि १६ कर्मचारी माग गरेको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको लागि खटाउने गरी रिक्त ठाउँमा पदपूर्ति गर्न आवश्यक १६ कर्मचारीको कर्मचारीको माग गरिएको हो । कम्पनीले मर्मत सम्भार इन्चार्ज एक जना, सञ्चालन इन्चार्ज एक जना, विद्युतीय पर्यवेक्षक ४ जना, मेकानिकल इलेक्ट्रिकल फोरम्यान ७ जना रसहायक इलेक्ट्रिकल इन्जिनियर ३ जनाको लागि गत साउन २३ गते आवेदन खुलाएको हो ।
इच्छुक योग्यता पुगेका व्यक्तिले साउन २३ देखि १५ दिनभित्र बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो सहित कम्पनीको इमेल भ्याकेन्सी डट एलइसी एटटिरेट जीमेल डटकममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले पदअनुसारको योग्यता पनि तोकेको छ । जसका अनुसार मर्मत सम्भार इन्चार्जको लागि सम्बन्धीत विषयमा स्नातक तह उत्तिर्ण गरी कम्तिमा पनि ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । यस्तै, सञ्चालक इन्चार्जको लागि मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष हाइड्रो पावर क्षेत्रमा काम गरेको हुनुपर्नेछ । विद्युतीय पर्यपक्षेकको लागि इलेक्ट्रीकल इन्जिनियरमा डिप्लो पूरा गरी कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, मेकानिकल इलेक्ट्रीकल फोरम्यानको लागि सिटिइभिटीबाट २ वर्षको कोर्स गरी सम्बन्धीत क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ र साहायक इलेक्ट्रीकलको लागि सिटीभिटीबाट ६ महिने कोर्ष गरी कम्तीमा पनि १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भइकाले रोजगारीको अवसर पाउनेछन् ।
लमजुङ जिल्ला स्थित दोर्दी गाउँपालिकामा अवस्थित उक्त आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भएको छ ।
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले मा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोदी–‘ए’ आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया