लिवर्टी इनर्जी कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २ करोड ८४ लाख ५८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । कम्पनीको. नोक्सानी अघिल्लो आवको तुलनामा अघिल्लो आवको तुलनामा १ करोड १ लाख १५ हजारले सुधारिएको हो ।
अघिल्लो आवमा कम्पनी ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । कम्पनीले निर्माण गरेको आयोजना पूरा हुने चरणमा रहेकाले हालसम्म कम्पनीले अहिलसम्म विद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।
हाइड्रोपावर कम्पनीहरुको मुख्य आम्दानीको स्रोत नै विद्युत बिक्री आय भएकाले सो आम्दानी नै नभएकाले कम्पनी नोक्सानीमा पुगेको हो ।
चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको जगेडा कोष १७ करोड ९३ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.०४ रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.९० रुपैयाँ ऋणात्मक छ । चुक्ता पूँजीमा संस्थापकतर्फ ७५ प्रतिशत, सर्वसाधारण सेयरधनीतर्फ २५ प्रतिशत स्वामित्व रहनेछ ।
कम्पनीले हाल लमजुङ जिल्लामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८ प्रतिशत सम्पन्न भएको छ ।
उक्त आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ रहेको छ ।
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २०७७ भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया