नेपाल सुनचाँदी व्यवसायी महासंघले भदौ ६ गते सोमबारका लागि छापावाल सुनको भाउ ९५ हजार ३०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ १ हजार १६५ रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको भाउ स्थीर रहँदा चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो । अघिल्लो सातामा सुन तोलामा १ हजार ८०० रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेर कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पछिल्लो समय निरन्तर गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७४५ डलर तथा चाँदी प्रतिऔंस १९.०५ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया