बिक्री प्रबन्धकको लापरवार्हीले हाइड्रोपावरको हकप्रद सेयर बिक्री स्थगित

0
Shares

बिक्री प्रबन्धकको लापवार्हीले सेयरधनीको गलत तथ्याङ्क सिस्टममा राखेपछि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर खुलेको पहिलो दिनमै बिक्री कार्य स्थगित भएको छ ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सी–आस्वा प्रणालीमा हकप्रद सेयरका लागि कम्पनीका सेयरधनीको गलत तथ्याङ्क राखेका कारण बिक्री स्थगित गरिएको जनाएकाे हो । बिक्री प्रबन्धकले तथ्यांक सच्याएर उपलब्ध गराएपछि मात्र बिक्री खुला गरिने सिडीएससीले जानकारी दिएको छ ।

बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको अपरिपक्क कामका कारण बरुण हाइड्रोपावरका सेयरधनीले हकप्रद खुलेपनि भर्न नपाएका हुन् ।

बरुण हाइड्रोपावरले भदौ ६ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला भएको हो । हकप्रद सेयर बिक्रीका लागि कम्पनीले साउन २ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार साउन १ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी लगत पुस्तिकामा कायम हुन आएका सेयरधनीले मात्र कम्पनीको शतप्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरमा भदौ २६ गतेसम्म मेरो सेयर मोबाइल एप, वेवसाइट मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । यस्तै बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकले उपलब्ध गराएको सेयर संख्याको आधारमा जारी हकप्रद सेयरमा बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम योग्य लगानीकर्ताले आवेदन दिन पाउने हुन्छ । तर सोही तथ्याङ्क नै गतल राखिँदा लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिनबाट बञ्चित भएका हुन् ।

बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले भदौ ७ गते मंगलबार बेलुकीसम्म समस्याको हल भइसक्ने भएकाले त्यसपछि मात्र हकप्रदमा आवेदन दिन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।