‘बिओके डिबेन्चरको बिक्री बन्द हुँदै, कति बिक्यो ?

0
Shares

एक अर्ब १० करोडको ‘बिओके डिबेन्चर, २०८६ (क) को इकाई बिक्री आज मंगलबार कार्याले समयपछि निष्काशन बन्द हुँदैछ ।

इच्छुक लगानीकर्ताले ऋणपत्र खरिदका लागि आज कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि लगानीकर्ताले खरिद आवेदन  पेश गर्न सक्नेछन् ।

बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा भदौ २ गते बिहीबार देखि प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ११ लाख कित्ता ऋणपत्र जारी गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता इकाई (२२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि समेत) खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस्तै ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता इकाई भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपि आईआर ट्रिपल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कति बिक्यो ?

सिडिएसएण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बैंकको ऋणपत्र खरिदका लागि भदौ ७ गते बिहान १० बजेसम्म ७० करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको माग परेको छ । ९५६ वटा संख्याबाट ७ लाख ५ हजार २४० कित्ता इकाईको माग भएको हो । यो संख्या कुल निष्काशित इकाई संख्याको ६४.११ प्रतिशत हो । अब करिब ३६ प्रतिशत इकाई बिक्री हुन बाँकी छ ।

ऋणपत्र किन्ने आज अन्तिम भएकाले कतिपय लगानीकर्ताले आज आवेदन दिने र संस्थागत लगानीकर्ताको आवेदन पनि अन्तिम दिन नै पर्ने हुनाले बैंकको सबै ऋणपत्र बिक्री हुने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।