सनराइज बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले २ अर्ब रुपैयाँ बराबरको कुल २० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले निष्कासन गर्ने २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता अर्थात ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन हुने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्नेछ।
बैंकले ऋणपत्र निष्कासन तथा बिक्रीको प्रबन्धक एनआइसी एसिया क्यापीटललाई नियुक्त गरेको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया