अपर हेवाखोला र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

अपर हेवाखोला जलविद्युत कम्पनी र मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्यमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको आईपीओ दोस्रो बजारमा खुलेदेखि नै सकारात्मक सर्किट लाग्दै आएको छ ।

मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्यमा लगातार ६ कारोबार दिन र अपर हेवाखोलाको सेयरमा लगातार दश कारोबार दिन सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  नेप्सेका अनुसार बुधबार मन्दाकिनी हाईड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात ३८.२० रुपैयाँले बढेर ४२०.२० रुपैयाँ पुगेको छ भने अपर हेवाखोलाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ३३१.३० रुपैयाँ पुगेको छ ।

साउन २६ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको अपर हेवाखोला जलविद्युतको पछिल्लो दश दिनमा १५४.४५ प्रतिशत अर्थात २०१.१० रुपैयाँ बढेर ३३१.३० रुपैयाँ पुगेको हो । कम्पनीको सेयर १३०.२० रुपैयाँको तल्लो रेञ्जमा कारोबार खुलेकाले निरन्तर बढ्दो क्रममा रहेको हो । दश दिनमा कम्पनीको १० हजार ८८५ कित्ता सेयर ३० लाख ८४ हजार ८८६ रुपैयाँमा खरिद बिक्री भएको छ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज दिएको थियो ।

भदौ १ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको मन्दकिनीको सेयरमूल्य यसबीचमा १८२.९० रुपैयाँ अर्थात ७७.०८ प्रतिशत बढिसकेको छ । हाइड्रोपावरको प्रतिकित्ता २३७.३० रुपैयाँमा पहिलो कारोबार भएको थियो । हरेक दिन सर्किट लाग्दै बभदौ ८ गते बुधबार आइपुग्दा कम्पनीको सेयरमूल्य ४२०.२० रुपैयाँ पुगेको हो । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज दिएको थियो । यसबीचमा कम्पनीको ९५ हजार ६०२ कित्ता सेयर ३ करोड ७८ लाख २१ हजार ६०५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

त्यस्तै बुधबारको बजारमा रुरु जलविधुत कम्पनी ५.८६, अरुण काबेली पावर ५.२५, सिन्धु विकास बैंक ४.६२, अपर सोलु हाइड्रोइलेक्ट्रिक ३.९९, कुमारी धनवृद्धि योजना ३.९५, गुराँस लघुवित्त ३.८६, न्यादी हाईड्रोपावर ३.८२ प्रतिशत र श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ३.७५ प्रतिशत सुधार देखिएको छ ।

आजको बजारमा सानिमा इक्वीटी फण्डको इकाई सर्वाधिक ३.५८ प्रतिशत, गोर्खाज फाइनान्स, एनएलजी इन्स्योरेन्स, कुमारी इक्वीटी फण्ड, सबैको लघुवित्त, सामुदायिक लघुवित्तको सेयरमूल्य पनि २ प्रतिशतले घटेको छ ।

बुधबार नेप्से १.६१ अंकले बढेर २०५६.५९ अंकमा पुगेको छ । यसदिन २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २१८ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये ७ वटा सामान्य बढेका छन् भने ६ वटा झिनो घटेका छन् ।

आज अरुण काबेलीको सर्वाधिक १६ करोड ९२ लाखको सेयर खरिद बिक्री भएको छ । अपि पावर, रिडी, हिमालयन डिष्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्टस्, मन्दाकिनी, नबिल बैंक, नेष्डो समृद्ध र प्राइम कमर्सियल बैंक शीर्ष दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको प्राइमको २ करोड ८६ लाखको सेयर कारोबार भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार  १६ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।