सुन–चाँदी दुबैको भाउ बढ्यो

0
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन ३०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो पाँच रुपैयाँले बढेर १ हजार १६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भाउ बढ्न थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७५८ डलर तथा चाँदी प्रतिऔंस १९.३२ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।