खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्म ८ लाख ७१ हजार २५५ जना सर्वसाधारणबाट मागभन्दा ७९.४५ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि बिहीबार साँझ ५ बजेसम्म ८ लाख ७१ हजार २५५ वटा आवेदकहरूबाट ९८ लाख ४ हजार ३०० कित्ता सेयर खरीद माग भएको छ ।
बुधबारसम्म ३ लाख ८१ हजार ७८२ जना आवेदकहरूबाट ४३ लाख ३८ हजार ९४० कित्ता सेयर खरीद माग भएको थियो । बिहीबार ४ लाख ८९ हजार ४७३ वटा आवेदनबाट ५४ लाख ६५ हजार ३६० कित्ता थपिएको हो ।
कुल १ लाख ३२ हजार कित्ता आईपीओमध्ये ०.५० प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ ।
दोस्रो दिनसमम्मा ८० गुणा बढी माग आवेदन परिसकेकाले आईपीओ भदौ १२ गते आइतबार नै बन्द हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले मेरोसेयर एप, वेवसाइट तथा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तिनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ कायम हुनेछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया