हिमाल दोलखालाई हकप्रद जारी गर्न नियमन आयोगको स्वीकृति

0
Shares

हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनको अनुमति पाएको छ ।

इलाम जिल्लाको माई खोलामा २ आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको सो कम्पनीले ७५ प्रतिशत (१ः०.७५ अनुपात) को दरले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले भदौ ८ गते आयोगमा स्वीकृतिका लागि सेश गरेकोमा आयोगको १६७ औं हकप्रद निष्कासनको प्रस्ताव साधारण सभामा लैजान अनुमति दिएको कम्पनीको लेखा प्रमुख वेद प्रकाश विष्टले बताए ।

आयोगले अनुमति दिएसँगै कम्पनीको १३ औं र १४ औं वार्षिक साधारण सभाबाट हकप्रद सेयर निष्कासन पारित हुनेछ । जलविद्युत कम्पनीले हकपद जारी गर्ने निर्णय गर्दा नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिएर मात्र साधारण सभाबाट अनुमोदन गराउनुपर्ने हुन्छ । कम्पनीले यहि भदौ ३ गते साधारण सभा आह्वान गरेकोमा गणपूरक संख्या नपुगेपछि पुनः भदौ १९ गते एकैदिन दुई आर्थिक वर्ष (१३ औं र १४ औं) को साधारण सभा आह्वान गरिएको छ ।

विद्युत नियमन आयोगले अनुमति नै नलिई गत साउन १५ गते सेयर निष्कासन गर्ने सूचना प्रकाशन गरेपछि नेप्सेले कम्पनीलाई कारवार्ही गर्दै दोस्रो बजारको सेयर कारोबार नै रोक्का गरेको थियो ।

कानुनी व्यवस्था उलङ्घन गरेर हकप्रद सेयर निष्कासन गर्न लागेको भन्दै नेप्सेले दोस्रो बजारको सेयर कारोबार बन्द गरेपछि कम्पनीले स्पष्टीकरण सहित माफी मागेपछि सेयर कारोबार फुकुवा गरिएको थियो ।

कम्पनीले इलाममा ४.५ मेगावाटको माइ खोला स्मल र ८ मेगावाटको माई स्मल क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाबाट विद्युत उत्पादन भएको ३ वर्षसम्म संस्थापक सेयर बेचबिखन गर्न नपाइने प्रावधान रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।