खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन आइतबार साँझसम्म ५ बजेसम्ममा बजेसम्म १६५.५० गुणा बढी आवेदन परेको छ ।
लघुवित्त कम्पनीले सर्वसाधारणबाट १ करोड २३ लाख ३४ हजारको आईपीओ खरिदका लागि माग गरेकोमा २ अर्ब ४ करोड २२ लाख ७० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ७०० कित्ताको लागि आवेदन परेको हो । कम्पनीको आईपीओमा १८ लाख ५० हजार १३२ वटा आवेदन परेको छ ।
कम्पनीले भदौ ८ गते बुधबारदेखि भदौ १२ गते आइतबारसम्म सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो । उच्च आवेदनका कारण कम्पनीको आईपीओ पाउन भाग्यकै भर पर्नुपर्ने अवस्था देखिएको छ ।
उच्च् आवेदनका कारण धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा लघुवित्तको आईपीओ जम्मा १२ हजार ३४० जनाले मात्र पाउनेछन् । आजको तथ्याङ्कअनुसार नै १८ लाख ३७ हजार ७९२ जनाले सेयर नपाउने अवस्था देखिएको छ । यो संख्या कुल आवेकको ९९.३३ हो । यसको मतलव कम्पनीको सेयरमा आवेदन गर्ने एक सय जनामध्ये ९९ जनाले आईपीओ पाउनेछैनन् । एक सयमा एक जनाले मात्र सेयर हात पार्नेछन् ।
लघुवित्तले निष्काशन गरेको कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।
हाल चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि ४ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया