शिव श्री हाइड्रोपावर कम्पनीले ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ नोक्सनी ब्यहोरेको छ । फाइनान्सियल कस्ट र ह्रासकट्टी रकम ह्वात्तै बढेपछि कम्पनी नोक्सानीमा पुगेको हो ।
सोमबार सार्वजनिक आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी करिब साढे ३६ करोड घाटामा पुगेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको शिव श्री हाइड्रोपावरको प्रतिसेयर आम्दानी २४.६३ रुपैयाँ ऋणात्मक छ । जगेडा कोष ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ घटेर ७६.६१ रुपैयाँमा संकुचित बनेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोष १ करोड ८४ लाख रुपैयाँ धनात्मक रहेको थियो ।

गत आव २०७८–७९ मा कम्पनीले विद्युत् बिक्रीबाट २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै अन्य स्रोतबाट १ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो आवको सोही अवधिमा विद्युत् बिक्रीबाट ४ करोड ८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको फाइनान्सियल कस्ट उच्च रुपमा बढेको छ । गत आवमा कम्पनीको फाइनान्सियल कस्ट बढेर ३५ करोड ९९ लाख ९ हजार रुपैयाँ र ह्रासकट्टी १६ करोड ९७ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा फाइनान्सियल कस्ट १ करोड ६५ लाख ८९ हजार रुपैयाँ र ह्रासकट्टी १ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
यस्तै प्रशासनिक खर्च पनि ४४ लाख ९८ हजार रुपैयाँबाट ८ करोड ६० लाख १६ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२० मेगावाट क्षमताको अपर चाकुखाेला ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्षको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्षको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र सेयर पूँजीबाट ३६ प्रतिशत संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया