चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप बाहिरिने क्रमले भदौमा पनि निरन्तरता पाएको छ । भदौ लागेयता मात्र बैंकिङ प्रणालीबाट ७ अर्ब निक्षेप बाहिरिएको हो । .jpg)
बैंकहरुबाट बाहिरिएको निक्षेप समयमा नफर्किँदा स्रोतको कमी हुने समस्या बढेको छ । नजिकिँदै गरेको चाडपर्वका साथै संघीय र प्रादेशिक निर्वाचनका कारण पनि सर्वसाधारणको हातमा पुगेको पैसा होल्ड भइदिँदा बैंकिङ प्रणालीबाट निक्षेप घट्ने क्रमले निरन्तरता पाएको हो ।
भदौको दोस्रो साता अर्थात १० गतेसम्म बैंकिङ् प्रणालीबाट ७ अर्ब निक्षेप घट्दा कर्जा लगानी भने ३ अर्बले विस्तार भएको छ । भदौ १० गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब २६ अर्ब निक्षेप रहेको छ भने यस अवधिसम्म ४१ खर्ब ८० अर्ब कर्जा लगानी गरेका छन । साउनको अन्त्यसम्म बैंकहरुमा ४४ खर्ब ३३ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले ४१ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका थिए ।
नेपालीहरुको ठूला पर्व तीज, दसैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिएकाले पनि बैंकहरुबाट निक्षेपकर्ताले रकम निकाल्दा निक्षेप घटेको हो । साथै सरकारले संघीय र प्रादेशिक निर्वाचनको तयारी गरिरहेको हुँदा चुनावका लागि पैसा घरघरमा अड्किएकाले बैंकमा निक्षेप बढ्न नसकेको अनुमान गरिएको छ ।
चुनावी खर्चको जोहो गरेका राजनीतिक दलका नेता तथा कार्यकर्ताले घरमा पैसा राखिदिँदा वित्तीय प्रणाली पैसा फर्कन ढिला हुने गरेको जानकारहरु बताउँछन ।
कात्तिक मंसिरको तुलनामा एक खर्ब भन्दा धेरैले कम हो ।” सर्वसाधारणले होल्ड गरेका कारण समयमा बैंकिङ प्रणालीमा पैसा फिर्ता नआउने भनेको करिब २० देखि ३० अर्ब रुपैयाँसम्म रहेको जानकारी नेपालले दिए ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५० खर्ब २२ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब ५ अर्ब कर्जा परिचालन गरेका छन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया