
राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको र प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गरिने जानकारी दिए ।
बोर्डको बैठक मंगलबार ३ बजे बोलाइएको छ। परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया