राप्ती हाइड्रोको आईपीओ सूचीकृत, अधिकतम ३१९ रुपैयाँसम्म कारोबार खुल्ने

0
Shares

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको सेयर ‘आरएचजीसीएल’ कारोबार संकेतमा सूचीकृत भएको हो । मंगलबार नेप्सेमा सेयर सूचीकृतपछि कम्पनीको आईपीओ भोलि बुधबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको आईपीओ कारोबारका लागि ओपनिङ्ग कारोबार रेञ्ज समेत तोकेको छ । जसअनुसार न्यूनतम १०६ रुपैयाँ ३५ पैसा देखि ३१९ रुपैयाँ ६ पैसा निर्धारण गरिएकाे छ ।

नेप्सेले गत आवको परिष्कृत वित्तीय विवरणमा कायम हुन आएको वास्तविक प्रति सेयर नेटवर्थको आधारमा ओपनिङ्ग कारोबार रेञ्ज तोकेको हो । कम्पनीको आव २०७७/७८ को वास्तविक प्रति सेयर नेवटर्थ १०६.३५ रुपैयाँ रहेको छ ।

कुनै कम्पनीको वास्तविक प्रति सेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणालाई अधिकतम कारोबार रेञ्ज तोकेको छ ।

कम्पनीले सर्वासधारणमा असार २९ देखि साउन १ गतेसम्म २३ लाख २८ हजार ६१७ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम साउन ९ गते भएको बाँडफाँडमा २लाख १७ हजार ६९४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका थिए । कुल निष्काशित आईपीओमध्ये सामुहिक लगानी कोषका इकाईहरुलाई १ लाख १८ हजार ३१२ कित्ता र कर्मचारीका लागि ७० हजार ९८८ कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।