श्रृजनशील लघुवित्तको आईपीओ पहिलो दिनमै सवा ४ लाखले भरे, १३ गुणा बढी माग

0
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) मा पहिलो दिनमा सवा ४ लाख बढी आवेदकबाट १३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख २६ हजार ९९२ वटा आवेदनबाट ४७ करोड ८४ लाख ८ हजार मूल्यको ४७ लाख ८४ हजार ८० कित्ताको माग परेको हो ।

उल्लेखित संख्या सर्वसाधारणबाट माग भएको सेयर संख्याको १२.९८ गुणा बढी हो । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई सुरक्षित गरी सर्वसाधारण लगानीकर्ताबाट ३ लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि आह्वान गरेको थियो ।

बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था भएपनि गोलाप्रथाबाट सेयर वितरण गर्नुपर्ने अवस्थाका कारण १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ ।

इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार  १९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।