एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ योजनाको आकार २१ करोडले बढ्यो

0
Shares

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई खरिदको माग बढेपछि योजनाको आकार २१ करोड रुपैयाँले बढेको छ ।

फण्डले १ अर्ब २० करोडको योजना सञ्चालन गर्न सर्वसाधारणबाट इकाई खरिदका लागि माग गरेकोमा निष्कासन गरिएकोभन्दा बढी संख्यामा आवेदन परेपछि विवरणपत्र तथा सामुहिक लगानी कोष निर्देशिका २०६९ बमोजिम योजनाको आकार २१ करोडले वृद्धि गरेर बाँडफाँड गरिएको हो । निर्देशिका बमोजिम उच्च माग परेमा २५ प्रतिशतसम्मले योजनाको आकार बढाउन सकिन्छ ।

योजना व्यवस्थापक एनएमबि क्याटिलका अनुसार एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको इकाई साउन २६ देखि भदौ ९ गतेसम्म बिक्री खुला गरिएको थियो । उक्त इकाईको भदौ १५ गते बुधबार बाँडफाँड गरिएको छ । सो अवधिमा रितपुर्वक आवेदन दिएका सर्वसाधारणलाई १० करोड ३७ लाख ८१ हजार २० इकाई, कोष प्रवद्र्धक एनएमबि बैंकलाई १४ प्रतिशत अर्थात १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १२ लाख २४ हजार ९८० इकाई बाँडफाँड गरिएको हो ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित पाँचौं तथा चौथो बन्दमुखी सामुहिक लगानी कोष योजना हो । क्यापिटललले यसअघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, एनएमबि हाइब्रिड फण्ड एल–१, र एनएमबि ५० गरी तीन वटा बन्दमुखी योजना र एनएमबि सरल बचत-इ नामक खुलामुखी योजनाको व्यवस्थापक भई कार्य गरिसकेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ योजना परिपक्क भैसकेको छ भने बाँकी तीनवटा योजना हाल सञ्चालनमा रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।