नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाउँदा साताको पाँचौं कारोबार दिन बिहीबार पनि नेप्से ऋणात्मक भएको छ ।
गत बिहीबार,शुक्रबार तथा आइतबार ६८ अंकको उच्च गिरावटपछि सोमबार र मंगलबार दुई दिनमा ६ अंकको झिनो सुधार भएको देखिएपनि त्यसपछिका दुई दिन बुधबार र बिहीबार पुनः नेप्से २३ अंकले घटेको हो ।
बुधबार २१.९७ अंकले घटेको बजार बिहीबार थप १.०८ बिन्दुले घट्दै १९७२.२९ बिन्दुमा झरेको छ ।
बिहीबार सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँमा समेटिएको छ ।
बुधबार १ अर्ब १२ करोड मूल्यका २९ लाख ९२ लाख ८७३ कित्ता खरिद बिक्री भएको थियो ।
ओरालो लागेको सेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज १२ करोड २७ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो । यस्तै हिमालयन एभेरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख ५४ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख ६५ हजार रुपैयाँ, रिडी पावरको ४ करोड १६ लाख ६३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबारको बजारमा कारोबारमा आएका १३ मध्ये ७ उपसमुहगत सूचक बढ्दा ६ वटा घटेको छ । फाइनान्स १.३१ प्रतिशत बढ्दा अन्य १.९२ प्रतिशतले घटेको छ ।
आजको बजारमा हिमालयन इभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थाप दुबैमा सकारात्मक सर्किट लागेको छ । साधारण सेयरको मूल्य ३७ रुपैयाँ बढेर ४०७ पुग्दा संस्थापक सेयरको मूल्य पनि २५.४० रुपैयाँ बढेर २७९.५० रुपैयाँ पुगेको छ । त्यस्तै आजको बजारमा अप्पर हेवाखोला हाइड्रोपावरको ६.५८ प्रतिशत, महुली लघुवित्तको ५.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२ प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको ३.८२ प्रतिशत, लिवर्टी इनर्जी लिमिटेड ३.७८, बिन्धबासिनी हाइड्रोपावर ३.६२, अपर सोलु हाइड्रोपावर ३.४६ र बलेफी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
उता आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको सर्वाधिक ४.३८ प्रतिशत, गणपति लघुवित्तको ४.०१, मैलुङ खोला जल विद्युतको ३.६७, एनआइबिएल समृद्धि फण्डको ३.१३ र नेपाल पुनर्बीमा कम्पनीको ३ प्रतिशतले सेयर मूल्य घटेको छ । सिभिल लघुवित्त, कालिका पावर, नेरुडे लघुवित्त, वीन लघुवित्त र कालिका लघुवित्तको सेयरमूल्य २ प्रतिशत बढीले घटेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया