तेह्र देशसँग नेपालको उच्च ब्यापार घाटा, भारतसँग सबैभन्दा बढी

0
Shares

स्वदेशी वस्तु उत्पादनभन्दा विदेशी वस्तुहरुको प्रयोग बढ्दै जाँदा मुलुकभित्र भित्रने वस्तु धेरै हुँदा उच्च आयात र बाहिरिने वस्तु थोरै हुँदा कमजोर निर्यातको प्रभावका कारण १३ देशसँग उच्च व्यापार घाटा देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आव २०७८/७९ मा सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालमा हुने कुल वैदेशिक ब्यापारमा ६४ प्रतिशत हिस्सा भारतको मात्र रहेको छ ।

गत आवमा भारतसँग मात्रै नेपालको व्यापार घाटा १० खर्ब ४४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कुल २१ खर्ब २० अर्ब ४८ करोड कुल व्यापार गरेकोमा भारतसँग मात्रै १३ खर्ब ५५ अर्ब ३७ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमा १२ खर्ब १५ करोडको (६२.४९ प्रतिशत) आयात हुँदा निर्यात १ खर्ब ५५ करोड २२ लाख (७७.६० प्रतिशत) रुपैयाँ रहेको छ ।

नेपालले चीनसँग दोस्रो ठूलो व्यापार घाटा ब्यहोरेको छ । गत आवमा चीनसँग नेपालले २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । चीनसँग २ खर्ब ६५ अर्ब ५९ करोड २४ लाख रुपैयाँ वैदेशिक ब्यापार गरेको छ । जसमा २ खर्ब ६४ करोड ७८ लाख रुपैयाँको (२७.७६ प्रतिशत) आयात हुँदा निर्यात रकम ८० करोड ८७ लाख (०.४० प्रतिशत) रुपैयाँ रहेको छ । नेपालको कुल वैदेशिक व्यापारमा चीनको हिस्सा १२.५३ प्रतिशत रहेको छ ।

नेपालले इन्डोनेसियासँग ५३ अर्ब २४ करोड ९७ लाख व्यापार घाटा ब्यहोरेको छ । उक्त देशसँग ५३ अर्ब ३८ करोड ४० लाख रुपैयाँ (२.५२ प्रतिशत) वैदेशिक ब्यापार गरेको छ । जसमा ५३ करोड ३१ लाख ८४ लाख रुपैयाँको आयात हुँदा निर्यात रकम ६ करोड ८७ लाख रुपैयाँ रहेको छ । चौथो ठूलो ब्यापार घाटा युनाइटेड अरब इमिरेटस्सँग रहेको छ । उक्त देशसँग गत आव २०७८/७९ मा ४८ अर्ब ३७ करोड ४ लाख रुपैयाँ (२.२८ प्रतिशत) वैदेशिक ब्यापार भएको छ । जसमा ४७ करोड ९१ लाख ७ लाख रुपैयाँको आयात गर्दा नेपालले युनाइटेड अरब इमिरेटस्सँग ४५ करोड ९६ लाख रुपैयाँ निर्यात गरेको छ ।

अर्जेन्टिना पाँचौं ब्यापार घाटा हुने देश रहेको छ । नेपालले गत आवमा अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ (१.८७ प्रतिशत) बराबरको वैदेशिक ब्यापार भएको छ । जसमा ३९ करोड ६५ लाख ३७ लाख रुपैयाँको आयात गर्दा नेपालले युनाइटेड अरब इमिरेटस्सँग १४ लाख ९७ हजार रुपैयाँ निर्यात भएको तथ्याङ्क छ । वैदेशिक व्यापारमा अमेरिकासँग नेपालले ३२ अर्ब ५ करोड ८४ लाख व्यापार घाटा ब्यहोरेको छ । उक्त देशसँग ६८ अर्ब ४ करोड २५ लाख रुपैयाँ (३.२१ प्रतिशत) वैदेशिक ब्यापार गरेको छ । जसमा ५० अर्ब ५ करोड ५ लाख रुपैयाँको आयात हुँदा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै अष्ट्रेलियासँग २५ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा २३ अर्ब ३४ करोड ३ लाख रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । नेपालले गत आवमा अष्ट्रेलियाबाट २४ अर्ब ५० करोड ६१ लाख रुपैयाँ आयात गर्दा १ अर्ब १६ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

यस्तै गत आवमा युक्रेनबाट २१ अर्ब २२ करोड ९५ लाख रुपैयाँ आयात गर्दा १९ लाख २९ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । उक्त देशसँग गत आवमा २१ अर्ब २३ करोड १५ लाख रुपैयाँ कुल वैदेशिक ब्यापार गरेकोमा २१ अर्ब २२ करोड ७६ लाख रुपैयाँ व्यापार घाटा भएको छ । यस्तै मलेसियासँग १७ खर्ब १३ अर्ब ६४ करोड रुपैयाँ कुल वैदेशिक ब्यापार गरेकोमा १६ अर्ब ९१ करोड ६ लाख व्यापार घाटा व्यहोरेको छ । गत आवमा मलेसियासँग १७ अर्ब २ करोड ३५ लाख रुपैयाँ आयात गर्दा ११ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

S.N. Partner Countries Imports_Value ‘000
Exports_Value ‘000
Trade_Balance ‘000
Total Trade’000
1 India 1200152728 155222304 -1044930424 1355375032
2 China 264783713 808754 -263974959 265592467
3 Indonesia 53318478 68762 -53249716 53387240
4 United Arab Emirates 47910786 459685 -47451102 48370471
5 Argentina 39653733 1457 -39652275 39655190
6 United States 50050518 17992059 -32058459 68042576
7 Australia 24506096 1165731 -23340365 25671827
8 Ukraine 21229559 1929 -21227630 21231488
9 Malaysia 17023556 112888 -16910669 17136444
10 Brazil 12527687 58088 -12469598 12585775
11 Thailand 11960986 71417 -11889569 12032403
12 Canada 11751505 1121255 -10630250 12872760
13 Bangladesh 11200615 720065 -10480550 11920680

गत आवमा दशौं ठूलो व्यापार घाटा ब्राजिलसँग छ । उक्त देशसँग १२ अर्ब ५८ करोड ५७ लाख रुपैयाँको कुल वैदेशिक व्यापार गरेकोमा १२ अर्ब ४६ करोड ९६ लाख व्यापार घाटा छ । गत आवमा ब्राजिलबाट १२ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा ५ अर्ब ८० करोड ८८ लाख रुपैयाँ निर्यात भएको छ । गत आवमा थाइल्याण्डसँग ११ अर्ब ९६ करोड ९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा ७ करोड १४ लाख १७ हजार रुपैयाँ निर्यात भएको छ । कुल १२ अर्ब ३ करोड २४ लाख रुपैयाँ वैदेशिक व्यापार गरेकोमा ११ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ व्यापार घाटा छ ।

उच्च व्यापार घाटा हुने बाह्रौं देश क्यानडा र तेह्रौं देश बंगलादेश रहेको छ । क्यानडासँग १० अर्ब ६३ करोड २ लाख र बंगलादेशसँग १० अर्ब ४८ करोड ५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ ।  गत आवमा नेपालले क्यानडासँग १२ अर्ब ८७ करोड २७ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेकोमा ११ अर्ब ७५ करोड १५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ अर्ब १२ करोड १२ लाख ५५ हजार रुपैयाँ निर्यात भएको छ ।

यस्तै बंगलादेशसँग गत आवमा ११ अर्ब ९२ करोड ६ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेकोमा ११ अर्ब २० करोड ६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७२ करोड ६५ हजार रुपैयाँ निर्यात भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार  १९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।