अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पर्न थालेको छ ।
स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्दा चाँदीकाे भाउ ५ रूपैयाँले बढेको हो । यसअघि सुन बिहीबार ९०० र बुधबार ८०० रुपैयाँले घटेको थियो । पछिल्लो ३ दिनमा मात्रै सुनकाे भाउ १ हजार ७०० रुपैयाँले भाउ घटेको छ ।
शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँ र तेजावी ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १ हजार १०५ रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन बिहीबार ३० रुपैयाँ घटेर १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७०० डलर तथा चाँदी प्रतिऔंस १७.८६ डलर हाराहारीमा कारोबार भैरहेका छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया