नेप्सेमा ११ करोड ११ लाख कित्ता धितोपत्र सूचीकृत

0
Shares

सेयर बजारमा यो साता ११ करोड ११ लाख कित्ता धितोपत्र सूचीकृत भएको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको उक्त संख्यामा धितोपत्र दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेगरी सूचीकृत भएको हो ।

यो साता सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को १० करोड २५ लाख ७६ हजार ३६० इकाई सूचीकृत भएको छ ।

यी हुने यो साता कमाउने र गुमाउने शीर्ष पाँच कम्पनी

यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६१ लाख २७ हजार ९३८ कित्ता प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको २४ लाख १ हजार ४८२ कित्ता ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको छ ।

यसरी समग्रमा यो साता एक साहुहिक लगानी कोषे योजना (म्युचुअल फण्ड) को इकाई, एक कम्पनीको आईपीओ र एक बैंकको ऋणपत्र गरी कुल ११ करोड ११ लाख ५ हजार ७८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सातामा नेप्से ५२ अंकले घट्यो, बजार पुँजीकरणमा ७२ अर्ब क्षति

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।